श्रीराम मन्दिर अयाेध्याका लागि जनकपुरधामबाट गहना र अन्य समान पठाइँदै

डिसी नेपाल
९ पुष २०८० ७:१९

काठमाडौं। नेपालले अर्को महिना अयोध्यामा रहेको राम मन्दिरको उद्घाटन समारोहका लागि विभिन्न प्रकारका गहना, भाँडाकुँडा, कपडा र मिठाई पठाउने भएको छ।

भगवान श्रीरामकाे ससुराली जनकपुरधामबाट धार्मिक सरसमानमान पठाउनका लागि जनकपुरधाम-अयोध्या धाम यात्राको आयोजना गरिने भएको छ।

जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले साे धाम यात्रा १८ जनवरीबाट सुरु भई जनवरी २० मा समापन हुनेछ र सोही दिन जनकपुरधामवाट लगिएकाे सामग्री श्री राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गरिनेछ । अयाेध्यामा साे राममन्दिरको अभिषेक समारोह जनवरी २२ मा हुँदैछ।

जनकपुरधामबाट सुरु भएको यात्रा जलेश्वरनाथ, मलंगवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज, बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै उत्तर प्रदेशको अयोध्या पुग्नेछ। यसअघि नेपालको कालीगण्डकी नदी किनारबाट संकलन गरिएको शालिग्राम ढुंगलाई रामको मूर्ति बनाउन अयोध्या पठाइएको थियो, जसलाई उद्घाटनको दिन मन्दिरमा स्थापना गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *