राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी, साँझसम्म नतिजा आउने
काठमाडौं। आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो। एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ।
अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ। राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष हुन्।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन्। जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन्। मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन्। गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा सात प्रदेशमा एक-एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ। मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।







डिसी नेपाल








Facebook Comment