सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ : मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन्।
उनले भने, ‘मुलुक निर्वाचनमय भएको छ। फागुन २१ गतेको निर्वाचन सुनिश्चित छ। निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको छ। सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ। सरकारको दरिलो साथ निजी क्षेत्रलाई छ। उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षा हाम्रो साझा प्रतिबद्धता सबैको प्राथमिकतामा हुनुपर्छ।
यसैगरी उनले उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षामा सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment