औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न खास नीति लिनुपर्छ : बाबुराम भट्टराई

डिसी नेपाल
१६ पुष २०८२ १७:२०
20
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न खास नीति लिनुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा लागेको देश विकसित भएको तथ्य नभएको भन्दै यसलाई परिवर्तन गर्नको लागि कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले कुनै पनि कुरालाई देश कालको सापेक्षतामा हेर्नुपर्छ। नेपाली समाज अहिले कुन चरणमा छ। विश्व कुन ठाँउमा छ। हामी अहिले पनि अरुभन्दा झण्डै सय वर्ष पछाडि परिसकेका छौं। कुनै पनि देशको ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा लागेको देश विकसित भएको कतै छ, छैन। यसलाई परिवर्तन गर्नको लागि हाम्रो कृषिप्रधान जुन अर्थतन्त्र हो यसलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि खास चरणमा खास नीतिहरु लिनुपर्छ।’

यस्तै, उनले राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्रको सहकार्यले यस्तो अवस्थामा स्पष्ट नीति बनाएर अगाडि बढ्न सक्यो भने फड्को हान्न सकिन्छ कि भन्ने पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *