बैदेशिक रोजगारीमा आकर्षक तलव दिने वहानामा ठगी गरेको भन्दै उजुरी
काठमाडौं। वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा सिधा नेपाली नागरिकलाई ठग्नेक्रम बढेको छ। बैदेशिक रोजगारीमा जाने लहर चलेका बेला सोझा सिधा नेपालीलाई ठग्ने क्रम बढेको छ।
यसैबीच आकर्षक मुलुक र राम्रो तलव सुबिधा दिने भन्दै पर्वकी मनिषा पुनले सोझा सिधा नेपाली नागरिक ठगी गरेको भन्दै उजुरी परेकाे छ।
उनले कैलालीका ताराबहादुर थापा, सागर सापकोटालगायतलाई आकर्षक मुलुक र राम्रो सेवा सुधिवासहित बैदेशिक रोजगारीमा पठाइ दिने भन्दै तीन लाख भन्दा बढी पैसा असुलेर सम्पर्क विहीन भएको पीडितले बताएका छन्। यसअघि पनि उनमाथि बेलायतमा सिजनल भिसा लगाइ दिने बहानामा विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप लागेको थियो।

तीन लाख भन्दा बढी पैसा असुल गरेर उनी फरार भएपछि पीडित डिसी नेपालको सम्पर्कमा आएका छन्।
पुनले यस अघि पनि विभिन्न व्यक्तिमार्फत यसरी नै ठगी गर्दै आएको खुलेको पीडितले जनाएका छन्। पीडितले बैदेशिक रोजगार विभागका उजुरी दिएपनि विभागले हालसम्म कुनै प्रक्रिया अगाडि नबढाएको पीडितले बताएका छन्।
No ads found for this position


Facebook Comment