कृषि विकास बैंकको फागुन ३० मा साधारण सभा

डिसी नेपाल
८ फागुन २०८० १३:३९
20
Shares

काठमाडौं। कृषि विकास बैंकले लाभांश प्रस्ताव नगरी वर्षिक साधारण सभा बोलाएको छ । फागुन ३० गते सत्रौं सधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । फागुन १६ गते शुक्रबार परेकाले सेयर कारोबार हुँदैन ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *