प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेटमा छलफल हुँदै

डिसी नेपाल
१४ फागुन २०८० ६:३४

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन्।

राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ।

साथै, उधोग बाणिज्य तथा आपूर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१-८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *