२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही

डिसी नेपाल
४ भदौ २०८३ ७:०४

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *