अब आफैं गर

बंशीकुमार शर्मा
१७ फागुन २०८० १३:४१

हाम्रो देशमा भएका हरेक परिवर्तनमा बिदेशिकै भूमिका महत्वपूर्ण हुँदै आएको छ। त्यसैमा हामीले गर्व गरेका छौं। यो कस्तो राष्ट्रिय चरित्र हो?

प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र बिदेशिले ल्याइदिनु पर्ने, विकास गर्ने पैसा, ऋण, अनुदान बिदेशिले दिनुपर्ने, युवा रोजगारी बिदेशिले जुटाइदिनु पर्ने छोराछोरीलाई पढन छात्रवृत्ति बिदेशिले दिनु पर्ने यदि स्वदेशमा पढ्नेलाई पनि बिदेशीले बिभिन्न नाममा छात्रबृत्ति दिएर पढाई दिनुपर्ने।

बिद्यालय भवन  पुस्तकालय आधुनिक उपकरण बिदेशीले  अनुदान दिनुपर्ने। स्वास्थ्यक्षेत्रमा पनि बिदेशीले लगानी गरिदिनु पर्ने , सडक , विद्युत , वन जंगल खोला नाला संरक्षण सवै अरुले गरिदिनु पर्ने। मानवअधिकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सञ्चालन गरि नेपालको सुक्ष्म व्यबस्थापन पनि बिदेशीले गरिदिनु पर्ने।

नेपालका हरेक क्रियाकलाप बिदेशीले गरिदिने हो भने हामीले के गर्ने? सहिछाप गर्ने मात्र नेपालीको काम हो कि मुलुकको समग्र परिवर्तनमा मत्वपुर्ण भूमिका हुन्छ। सबैका सधैंका परिवर्तनमा सवै आफैंले गरेको जस्तो देखाउन खोज्न यर्थाथमा  केही नगर्ने। रिमोट कन्ट्रोल अन्त्यै हुने।

सधैं  परिवर्तनमा महत्वपूर्ण भूमिका जस्तो देखिएता पनि यर्थाथमा त्यसो नभएको पछिल्लो गतिबिधिले प्रष्टाएको छ।  आन्दोलन परिचालन नियन्त्रण अन्त्यैबाट हुने प्रर्दशन चाहिँ नेपाली भूमिमा हुने।

सोझा साझा नेपाली जनतालाई ठूला ठूला प्रलोभन देखाउने  आन्दोलनमा सरिक बनाउने अन्तिममा बेबकुफ बनाउने।  सुटुक्क कँहा कसरी हुन्छ आफू र आफ्नालाई सुरक्षित बनाउने खेलमा लागेको अहिले प्रष्ट देख्न सकिन्छ।

२००७ को परिवर्तन देखि २०६२/२०६३ साल सम्मको परिवर्तनमा बिदेशिको भूमिका महत्वपूर्ण रह्यो। जति राष्ट्रियताका कुरा गरे पनि २००७ सालको सम्झौता र १२ बुदे सम्झौता दिल्ली मै भए। चर्को राष्ट्रबादका कुरा गर्नेहरु एकैचोटी दिल्लीमा सम्झौता गर्न पुगे।

२००७ सालमा नेपाली काँग्रेस, राणा र राजाले दिल्लीमा गएर सम्झौता गरेका थिए त्यस सम्झौतालाई लिएर उग्र राष्ट्रबाद ठहरिएको नेपाल कमुनिष्ट पार्टीले भारतीय बिस्तारबाद र काँग्रेसलाई भारतीय उपमा दिएर आफू चोखो राष्ट्रबाट ठहरिएको थियो।

मौका पाउन साथ नेपालमा भएका सबै कम्युनिष्ट पार्टीहरु एकैचोटि २०६२मा दिल्ली सम्झौता गर्न पुगे त्यसै दिनबाट उनका मुखमा ताला लाग्यो।   नेपालमा प्रजातन्त्र, गणतन्त्र ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको कुरा भारतीय लेखकले अहिले सार्वजनिक गरिरहेका छन्।

राजनीतिक परिवर्तनदेखि सबै काम बिदेशिले गरिदिने हो भने हाम्रा नेताहरुको के काम? हाम्रा नेताहरुले सधैं जनतालाई गुमराहमा राख्दै ठूलोठूलो स्वरले चिच्याएर जगहसाई गरिरहेका छन्। सबैकाम आफैंले गरेको हुँ भनस् पुष्टि गर्नलाई आफैंले आफैंलाई ठूलोठूलो माला लगाउन प्रतिस्पर्धा गरिरहेका छन्।

पृथक पृष्ठभूमि भएको हाम्रो मुलुकमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय मिलेर बस्नुको साटो एक्लै भएर अगाडि बढ्ने गलत प्रवृत्ति हामी हँुदै गएको देखिन्छ। सामाजिक अगुवा, बुद्धिजीविहरु पनि समस्यालाई समाधान गर्नुको साटो संकुचित बन्दै गएका छन्। एकै किसिमको सामाजिक पृष्ठभूमि भएका मानिसहरु पनि विभिन्न धर्म, सांस्कृतिक परम्पराको कारणले विभाजित भएका छन्।

विश्वका कयौं मुलुकहरुको इतिहास हेर्दा जाति, धर्म, संस्कृतिबीच भएको प्रतिस्पर्धाले जातीय धार्मिक युद्धहरु भएका छन्। नेपालको सन्दर्भमा केही वर्षदेखि जातीय, धार्मिक, सांस्कृतिक विषयमा बहस चलिरहेको छ।

यसलाई समयमै व्यवस्थापन गर्न नसकेमा जाति, जनजाति, धर्म, भाषा तथा सांस्कृतिक परम्पराकाबीच समस्या नआउला भन्न सकिँदैन। वर्षामा च्याउ उम्रेका जस्तै स्थापित भएका गैरसरकारी संस्थाहरुको काम नै मिलाउनेमा होइन फुटाउनेमा हुन्छ। तसर्थ यसतर्फ राज्यले गम्भीर भएर कहिलै सोचेन।

जसको परिणाम जटिल बन्दै गएको छ। जनतामा राष्ट्रको नागरिक हुँ भन्ने भावना विकासित हुनुको साटो कुनै एक जाति, धर्म, सम्प्रदाय अथवा भौगोलिक इकाईको सदस्य हुने धारणाको विकास भएको छ जसको कारण समाज विथोलिन सक्छ। त्यसैले राष्ट्रिय नागरिक हुँ भन्ने भावना समस्त नागरिकलाई जागृत गराउनुको साटो  राजनीतिक दलको लगाम लगाएर जनतालाई संकुचित बनाइ रहका छौं।

अहिले देशको अवस्था अत्यन्तै गम्भीर मोडमा छ। एकै पटक राजनितिक,आर्थिक समस्या देखा परेका छन्। यस्तो जटिल परिस्थितीको सामना गर्दै समस्या समाधान पनि हामी आफैंले गर्नु पर्दछ। हामीले आफनो समस्या समाधान बाहिर भित्रैबाट  गर्नु  पर्दछ।

कस्तो ब्यबस्था ल्याउने त्यसको निर्णय हामी आफैंले गर्नु पर्दछ। कसैको मुख ताक्नु हुँदैन तब मात्र राष्ट्र सवल हुन्छ । राष्ट्रियता भावना जागृत गराउनु पर्दछ। राम्रो कामको शुरुवात आफैंले गरेमा प्रशंसा योग्य हुन्छ र दीर्घकालीन रहन्छ भन्नेमा सबैको सकारात्मक धारणा बन्न जरुरी छ।

दक्ष व्यक्तिलाई चयन गर

कुनैपनि क्षेत्रको नेतृत्व चयन गर्दा योग्य व्यक्तिलाई चयन गर्नु पर्दछ। दक्ष व्यक्तिले नेतृत्व गरेमा पक्कै पनि त्यसको उत्थान हुन्छ। योग्य व्यक्तिले अवसर पाएमा आफ्नो क्षमता देखाउने अवसर पाउँछ।

अधिकार खोज्नेले कर्तव्य पनि बिर्सनु हुँदैन।  अधिकार माग्नेले आफ्नो कर्तव्य पनि सम्झनु पर्दछ। त्यसैले अधिकार खोज्नेले आफ्नो कर्तव्यको पालना गर्नु पर्दछ। कर्तव्य निर्वाह गर्न नसक्नेले अधिकार खोज्नु हुँदैन।

लोकतन्त्र कुनै दल, वर्ग, समूह विशेषको एकलौटी पेवा होइन। यो त सबैको साझा सम्पत्ति हो। लोकतन्त्रको आफ्नै मूल्य र मान्यता हुन्छ। यसमा नागरिक स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता जस्ता न्यूनतम सिद्धान्तहरु विद्यमान हुन्छन्।

यदि लोकतन्त्रलाई संस्थागत गर्ने हो भने ती निश्चित शीर्ष नेताहरुले आफ्नो अहंकार र घमण्डलाई परित्याग गरेर राष्ट्र हाम्रो हो यसलाई अक्षुण राख्ने जिम्मेवारीलाई बहन गर्दै अगाडि बढ्नको लागि राष्ट्रका स्वतन्त्र विचारक, बुद्धिजीवी, अनुभवी स्वच्छ व्यक्तित्व भएका इमान्दार चरित्र भएका व्यक्तिहरुसँग राय सल्लाह सुझाव लिएर काम गर्नु पर्दछ। किनकि राष्ट्र सबैको साझा हो। प्रजातन्त्र, लोकतन्त्र गणतन्त्रमा सात्विक भिन्नता छैन। सबैको उद्देश्य जनता नै सर्वाेपरी हुन्।

जनताद्वारा गरिने शासन नै प्रजातन्त्र हो। त्यसैले प्रजातन्त्रमा कुनै राजनीतिक दल, संघ संस्थामा नलागेर स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सबैलाई छ। त्यसैले यदि कुनै योग्य व्यक्ति छ त्यो स्वतन्त्र भए पनि त्यसबाट सल्लाह सुझाव लिन पछि पर्नु हुँदैन,र त्यसको विचारलाई सबैले सम्मान गर्नुपर्दछ।

जसले गर्दा राज्यले दक्ष व्यक्ति पाउन सक्छ। नत्र भने जहाँ कतै राजनीतिक भागबण्डाले पद वाँडफाँट गर्ने हो भने योग्य र दक्ष व्यक्ति पलायन हुन सक्छन्। मुलुकमा अनुभवहीन अर्धदक्ष र अयोग्य व्यक्तिको मात्र भीड हुनेछ। जसले गर्दा मुलुक अगाडि फड्को मार्नुको साटो पछाडि धकेलिने छ।

आज विश्व धेरै अगाडि गइसकेको छ। त्यससँग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन। यस्तो बौद्धिक युगमा दक्ष र क्षमताको आधारमा नभई पार्टीकै बफादार कार्यकर्ताको आधारमा पदको बाँडफाँट गर्नु कहाँसम्मको न्याय हो? यसतर्फ दलहरुको ध्यान किन नपुगेको हो?

यसरी राजनीतिक भागबण्डामा नै पद बाँडफाँट गर्ने हो भने योग्यता र दक्षताको आवश्यकता परेन राजनीतिक बफादार कार्यकर्ता भएकै कारण पद प्राप्त गर्ने परिपाटीले गर्दा मुलुकमा विधिको शासन कार्यान्वयन हुन नसकेको हो।

जसले गर्दा मुलुकमा दण्डहीनता, अराजकता मौलाउनुको साथै भ्रष्टाचार कमिशनतन्त्र, घुसखोरी, कालोबजारीले नै प्रश्रय पाउँनेछ। किनकि योग्य ठाउँमा योग्य व्यक्तिको नियुक्ति नभएकै कारण मुलुक जर्जर अवस्थामा पुगेको हो।

जबसम्म न्याय सिद्धान्तका आधारमा उपयुक्त ठाउँमा दक्ष, क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिइँदैन तबसम्म मुलुकमा देखिएको विकृति विसंगती हराउने छैन। त्यसैले राज्यको नेतृत्व गर्ने अवसर पाएका नेतृत्व व्यक्तिहरुले सम्पूर्ण नेपाली जनता हाम्रा हुन् राष्ट्र सबैको साझा हो। यसलाई फलाउने फुलाउने जिम्मेवारी सबैको हो भन्ने भावना लिएर उपयुक्त स्थानमा योग्य व्यक्तिको नियुक्ति गर्नु नै बुद्धिमानी हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *