संक्रमणकालिन न्याय सम्बन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित

काठमाडौं। संक्रमणकालिन न्याय सम्बन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।
राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएपछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ः ४५ बजे समितिको बैठक बोलाइएको थियो ।
बैठकमा सहभागी हुनका लागि कांग्रेसका सांसदहरू सिंहदरबार पुगे पनि अन्य दलका सांसदहरू नपुगेपछि बैठक बस्दै नबसी स्थगित भएको कांग्रेसका सांसद सुनिल शर्माले बताए ।
प्रतिक्रिया
Facebook Comment