एमालेबाट पदम गिरी मन्त्री बन्दै

काठमाडौं। नेकपा एमाले आजै सरकारमा सहभागी हुने भएको छ। कांग्रेस-माओवादी केन्द्रबीचको गठबन्धन टुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि एमाले सरकारमा जान लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो। रवि लामिछाने नेतृत्वको रास्वपा पनि सरकारमा जाने निश्चित भएको जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment