सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन गरिने, अहिलेका सबै मन्त्री हटाइने

डिसी नेपाल
२१ फागुन २०८० १०:२१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको स्रोतले बताएका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन् ।

अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने तयारीका लागि बालुवाटारमा बैठक बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *