वालुवाटारमा तीन दलकाे बैठक जारी

डिसी नेपाल
२१ फागुन २०८० ११:००

काठमाडाैं। वालुवाटारमा तीन दलकाे बैठक बसिरहेकाे छ। नयाँ समिकरण बनेसँगै तीन दलबीच छलफल भएकाे हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको स्रोतले बताएका छन्। नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन्।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएपछि प्रधानमन्त्रीले सानाे आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका हुन्। आइतबार प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्षम केपी शर्मा ओलीसहितका नेताहरुबीच भएको सहमति अनुसार नयाँ सत्ता समीकरण बनाएर अगाडि बढ्ने सहमति भएको थियाे।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ।
यसैबीच सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन्। बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो। एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए। सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *