माओवादीले भन्यो- बिगतकाे गल्ती स्वीकार्दै बामपन्थी एकताको अध्याय सुरू

डिसी नेपाल
२१ फागुन २०८० ११:३०

काठमाडौं। नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्वीकार गरेको छ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले बिगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्वीकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसंगसँगै हिजोको गल्ती स्वीकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठक पछि माओवादी नेता देवेन्द्र पौडेलले भने।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाइ पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *