नयाँ गठबन्धनमा राप्रपालाई सहभागी नगराइने

डिसी नेपाल
२१ फागुन २०८० १२:०४
136
Shares

काठमाडौं। नयाँ गबन्धनमा राप्रपा नसमेटिने भएको छ। कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरुलाई बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन्। एजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझादारी भएको ओलीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *