मन्त्रिपरिषद् पुनर्गठनः पहिलो चरणमा तीन जना मन्त्री बन्दै

डिसी नेपाल
२१ फागुन २०८० १३:१३
668
Shares

काठमाडौं। नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। आजै नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक एक जना मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन्।

जस अनुसार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्दै छन्।

एमालेका गिरी यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए भने रास्वका उपाध्यक्ष समेत रहेका अर्याल श्रम तथा रोजगार मन्त्री बनेका थिए।

माओवादीका तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन्। यी तीनै जनालाई विना विभागीय मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
जसपा पनि सरकारमा सहभागी हुने निश्चित भएको छ। तर सरकारमा कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *