गठबन्धनमा सहभागी हुन जनमतको शर्त- मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने

डिसी नेपाल
२१ फागुन २०८० १६:१९

काठमाडौं। जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ। जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो शर्त आएको हो।

साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय दिनुपर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *