कलियुगका नेताको चरित्र बुझ्न द्वापर युगका कृष्ण चाहिन्छ

बंशीकुमार शर्मा
४ चैत २०८० ७:४९
456
Shares

समाज स्थायी प्रकृतिको हुन्छ, समाजमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन्। समाजमा बस्ने सबैको रहन सहन बाणीा रानी सबैसँग मेल नखान सक्छ तर पनि समाजमा सबै मिलेर बसेमा सभ्य समाज कहलिन्छ।

जुन समुदायमा शिक्षा आर्जन गर्नकोलागी बिद्यालय, औषधी उपचारको लागि बैद्य, ध्यान, योग पूजा अर्चना गर्नको लागि मन्दिर, जलाशय, जंंगल छ त्यस्तो बस्तीलाई सुगम बस्ती मान्न सकिन्छ। परिवार परिवार मिलेर समाज बन्छ भने समाज समाज मिलेर राष्ट्र बन्छ, राष्ट्रको आधार भनेकै समाज हो। समाज राष्ट्रको अभिन्न अंग हो।

समाजमा राम्रा र नराम्रा सवै खाले मानिस हुन सक्छन्। तीनलाई राम्रो बनाउने काम त्यस समाजमा बस्ने सभ्य मानिसको काम हो त्यसैलाई नै समाजसेवी भन्न सकिन्छ। समाज कस्तो बनाउने त्यही बस्ने मानिसको महत्वपूर्ण भूमिका हुने गर्दछ। समाज राम्रो नराम्रो हुँदैन। समाज कस्तो बनाउने त्यँहा बस्ने सदस्यहरुमा भर पर्दछ।

आफू बसेको समाज राम्रो छैन भन्नु नै आफू राम्रो नभएको प्रमाणित हो। सवैको बिचार भावना नमिले पनि समाजलाई ब्यबस्थित गर्ने कुरामा कसैको बिमति हुँदैन। समाजमा एकै प्रकृतिको स्वभाव नभएका ब्यक्तिलाई डो¥याउने र मार्ग निर्देश्न गर्ने ब्यक्ति नै अगुवा व्यक्ति हो।

निस्वार्थ रुपले समाजसुधार गर्न अग्रसर हुने व्यक्ति नै समाजसेवी हो। समाजसेवीले नै विश्वलाई परिवर्तन गर्न मार्ग निर्देश्न दिन सक्ने सक्छ। परिवर्तित समाज नै सबैको आर्दश समाज हो। मिलेर बसेको समाजमा जुनसुकै जातधर्म आस्था, वर्गको भए पनि सम्वन्ध प्रगाढ हुन्छ।

सबै सदस्य बीच एकता कायम गराउन समाजको महत्वपूर्ण भूमिका रहेको हुन्छ। सामाजिक एकतामै राष्ट्रिय एकता अडेको हुन्छ। राष्ट्रको राजनीतिक व्यवस्था परिवर्तन हुने नौलौ होइन। समयअनुसार परिवर्तन हुन सक्छ। तर समाजलाई परिवर्तन गर्न कठीन छ।

पछिल्लो चरणमा नेपालमा मिलेर बसेको समाजलाई बिभिन्न वाहनामा छुट्याउनेलाई प्रोत्साहन गरियो। जाति धर्म, वर्ग, लिंगको नाममा समजालाई छिन्न भिन्न गरियो अहिले मिलेर बसेको समाज एक आपसमा बिभाजित छैन। फिरौती माग्नेलाई पनि पैसाकै भरमा वरिष्ठ समाजसेवीको पदवी दिइन्छ।

जाजजाति, धर्म, वर्ग बिभाजन गर्न वकालत गर्नेलाई नागरिक अगुवा भनिन्छ। उनी बौद्धिक व्यक्ति कहलिन्छन्। उनले भनेको कुरालाई समाज, राष्ट्रले सुन्ने मान्ने चलनको विकास भयो। जे भए पनि समाज हाम्रै हो राष्ट्र हाम्रै हो।

इतिहासदेखि वर्तमानसम्म, ढुंगे युगदेखि आधुनिक युगसम्म समाज सुधारका लागि धेरै महापुरुषहरुको जन्म भयो। महापुरुषहरुले नै समाजसुधार गर्दे यहाँसम्म ल्याई पुर्‍याए। सवै नीतिको नीति राजनीति हो, राजनीति गर्ने व्यक्ति स्वघोषित सर्वज्ञानी भए। क्षणिक स्वार्थको लागि मिलेर बसेको समाजलाई फुटाउन सफल भए।

हामी त्यसैमा बुझेर नबुझेर रमाऔं। त्यसैलाई नेपाली नेताले अग्रगामी छलाङकाे ट्याक भिराई दिए नेपाली समाजले जर्वरजस्ती पताइदियो। स्वघोषित शिर्ष नेता कहलिएकाले आफू परिवर्तनकारी मसिहा भएको ठोकुवा गरेका छन्।

उनलाई नेपाली जनताले बुझेर नवुझेर टाउको नदेखिने गरि स्वागतका माला भिराइ दिन्छन्, त्यसैमा तिनी दंग छन्। वास्तवमा नेपाली समाज लथालिङ भताभुङ भएको छ। यो समाजलाई सुधार गर्न महापुरुष नै जन्मनु पर्दछ। महापुरुष बिना समाज परिवर्तनको कल्पनासम्म गर्न सकिँदैन।

अहिलेसम्म जे जति परिवर्तन भए ती सबै परिवर्तन महापुरुषहरुले नै गरेका हुन्। कालन्तरमा ती महापुरुषलाई अवतारको रुपमा मान्न थालियो। त्रेतायुगका रामचन्द्र, द्वापर युगका कृष्णलगायत जिसस क्राईस्ट, पैगम्बर मुहम्मद, गौतम बुद्ध, महावीर यी सब युगका महापुरुष हुन्।

ती सबै महापुरुषले आफ्नो कार्यकालमा समाज सुधारको लागि अथक प्रयास गरे, समाज सुधारको लागि ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो भनेर ज्ञानको उपदेश दिए, समाज सुधारको लागि त्रेता युगका रामचन्द्र र शान्तिका दूत गौतम बुद्ध जस्ता महापुरुषले सम्पूर्ण सुख सयल र राजगद्दी त्याग गरेका हुन्।

संसारिक जीवनबाट अलग भएर समाज सुधारका लागि जीवन पर्यन्त लागेका ऋषि महर्षीहरुले समाज सुधारको लागि आफ्नो पारिवारिक जीवन त्याग गरेका उदाहरण प्रशस्त छन्। सनातन हिन्दु धर्मशास्त्र अनुसार सत्य, त्रेत्ता, द्वापर र कलियुगमा जन्म लिएका महापुरुषहरुले निरन्तर समाज सुधार गर्दै आए।

शान्तिका दूत गौतम बुद्धको पालामा विश्व समाज जातभात, छुवाछुतको प्रथाले गजडिएको थियो। गौतम बुद्धले सम्पूर्ण मानव एकै हुन सबैको धर्म एकै हो भनी व्याख्या र प्रचारप्रसार गर्दै हिँडे। विभिन्न ठाउँहरुमा जातभात, छुवाछुत अन्त्यको लागि प्रवचन दिँदै गए।

विभिन्न ठाउँमा गएर मानव धर्मको प्रचार गरे, उनले जातभात छुवाछुत प्रथाको बिरोध गरे र भौतिक सत्यको स्थापना गरे। तत्कालीन समयमा उनलाई नास्तिकको संज्ञा दिइयो तर पनि उनी कत्ति डगमगाएनन्।

समाजमा धर्म सुधारक कहलिएका पण्डितहरु, महन्त मठाधीश लगायत राजा रजौटा, शासक र प्रशासन सबैले उनलाई धर्म बिरोधिको रुपमा लिए तर पनि शान्तिका दूत बुद्ध आफ्नो बिचारमा अडिग रहिरहे उनले सधैं सत्यकै मार्ग रोज्न सबैलाई आह्वान गरिरहे। उनले लोभ, मोह, क्रोध, अहंकार, भ्रम, भय, राग, द्वेष, सबै अज्ञानको जड भएको बताए।

उनले अज्ञान नाश भएमा राग, द्वेष, मोह इत्यादि सामुल नस्ट भयो भने चित्त निर्मल निर्विकार हुन्छ भने, उनको दर्शनमा यी सबै पाइन्छ। फलस्वरुप अहिलेसम्म उनको भौतिक शरीर नभए पनि उनी जिवित छन्। यी सबैको कारण समाज सुधारका लागि उनले गरेको योगदानको प्रतिफल हो।

समाज परिवर्तको लागि उनले आफ्नो राजकाज, दरबार, घर परिवार, सुखसयल सबै त्यागे। समाजको अगाडि सत्ता र परिवार उनको लागि गौण भयो।

मानिसले किन दुःख भोग्नु पर्दछ, मानव मानव बीच एक आपसमा किन झगडा, द्वेष, राग उत्पन्न हुन्छ, सबै मानव एउटै प्रकृतिका भए पनि जातीय छुवाछुत किन? धनी गरिब किन? उचो नीच जात किन? के कारणले समाजमा यस्तो भइरहेको छ भन्ने प्रश्नले उनलाई सधैं घचघच्याई रह्यो।

स्थायी समाधानको लागि उनले घर परिवार दरबार राजकाज सबै त्यागि चिन्तन मननको लागि दरबारबाट बाहिर निस्किए, जब उनलाई ज्ञान प्राप्त भयो उनले प्राप्त गरेको ज्ञानको सर्वत्र चर्चा विश्व समाजमा हुन थाल्यो। उनी आफ्नो जीवनभर सत्य स्थापनाको लागि प्रयासरत भए।

उनको आशय समाज सुधार नभएसम्म अरु सबै मिथ्या हुन, जबसम्म मानिसमा चेतनाको बिकास हुँदैन तबसम्म सबै परिवर्तन अस्थायी हुन्छन्, समाज परिवर्तन एकैपटक सम्भव हुँदैन। समाज परिवर्तनको लागि चेतनाको विकास हुनु अनिवार्य छ, त्यसैले समाज सुधार नगरि कुनै पनि राजनीतिक परिवर्तन दीर्घायु हुन सक्दैन।

नेपालको सन्दर्भमा नेपालको राजनीति व्यवस्था राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ, व्यवस्था समयानुरुप परिवर्तन हुँदै गएको छ तर हाम्रो समाज स्थायी प्रकृतिको छ।

आफूलाई क्रान्तिकारी नेताको रुपमा उभ्याउन खोज्ने नेताहरु आफ्नो गुटगत बर्चश्व स्थापित गर्ने धुनमा देश, दल र जनतालाई विभाजित गरि आफूलाई भुरे टाकुरे महन्त तुलाएर टाउकै पुरिने गरि माला लगाउनमा ब्यस्त छन्। भाषणमा जातीयताको बिरोध गर्नेहरु नारामा जातीय राज्यको आह्वान गर्ने गर्छन्।

धर्मलाई अफिम भन्ने क्रान्तिकारी कम्युनिस्टका नेताहरु कार्ल, माक्र्स, माओ, लेनिन, स्टालिन, चे गोभ्यारो, गोन्जालोलाई ईश्वरको रुपमा पुज्ने गर्छन्, त्यसैकै आधारमा ती क्रान्तिकारी नेताहरुले आफ्नो गर्धन पुरिने गरि माला लगाउनमा होडबाजी गर्छन् र त्यसैलाई उनीहरु स्वतन्त्रता ठान्छन् तर त्यही नै दासत्वको मुल जड हो त्यहाँबाट नै विभेद भएको प्रमाणित हुन्छ र आफूलाई क्रान्तिकारी भन्नेहरुको चरित्र छर्लङ्ग देखिन्छ।

वर्गीय, जातीय, छुवाछुतको अन्त्यको लागि नारा लगाउने कम्युनिस्टहरु जातजातिको राज्य विभाजन गरि आफूलाई भुरे टाकुरे राजा बनाउने दाउमा छन्। जातीय बिरोधको नाममा संगठन गर्न पलकेकाहरु जातीय मुद्दा उठाई रमिता हेरिरहेका छन्।

हिजोका दिनहरुमा समाज परिवर्तनका लागि राम, कृष्ण, बुद्ध, जिससक्राइष्टहरुले जुन भूमिका खेले त्यसैको आड भरोसामा अहिलेका आफूलाई आफैं क्रान्तिकारीको उपनाम दिने नेताहरुले समाज परिवर्तनको लागि के योगदान दिए त? गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ।

त्यसैले यी कलियुगमा जन्मिएका यस्ता अदभूत नेताहरुको चरित्र बुझ्न द्वापर युगका भगवान कृष्ण नै चाहिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *