जनताले गणतन्त्र प्राप्त गरेपनि त्यसलाई अनुभूत गर्न बाँकी छः राष्ट्रपति

डिसी नेपाल
३ चैत २०८० १६:४८
36
Shares

महोत्तरी। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक रुपमा जनताको सर्वोतम उपलब्धी गणतन्त्र प्राप्त गरेपनि त्यसलाई अनुभूत गर्न बाँकी रहेको बताएका छन्।

शनिबार महोत्तरीको मटिहानीमा प्रजातान्त्रिक आन्दोलनका शहीद केशव कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले गणतन्त्र शासनमा व्यक्तिको परिवर्तन मात्र नभई जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार भएको भन्दै यसको वास्तविक अर्थ बुझ्न र अनुभूत गर्न बाँकी रहेको बताएका हुन्।

उनले प्रशासनिक रूपमा राज्यको पुनः संरचना गरेपनि राज्यको चरित्रको भने पुनः संरचना हुन बाँकी रहेको धारणा राखे। संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको उनले बताए।

राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गरे।

उहाले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताए। संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गरी विपन्न, पिछडिएका र गरिब जनताको जीवनस्तर माथि उठाउन सकेमात्रै लोकतन्त्रको सार र सार्थकता यथार्थमा रूपान्तरण हुने उनको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.