अनसन बसेको ११ दिनपछि सरकार र निकोलस भुसालबीच ६ बुँदे सहमति

डिसी नेपाल
१८ पुष २०८२ २१:५२
296
Shares

काठमाडौं । सरकार र डा. निकोलस भुसाल तथा हरिश विष्टबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार भएको उक्त सहमतिपछि ११ दिनदेखि जारी उनीहरूको आमरण अनशन अन्त्य भएको छ।

सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा डा. भुसाल र विष्टलाई जुस खुवाएर अनशन तोडाएकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा. भुसाल, हरिश विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।

आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचन स्थगन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्नुपर्ने लगायतका माग राख्दै उनीहरू माइतीघर मण्डलामा आमरण अनशन बसेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *