भद्रपुर विमानस्थलको रन-बेबाट चिप्लियो बुद्ध एयरको विमान

डिसी नेपाल
१८ पुष २०८२ २१:३९
6.8k
Shares

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ।

विमान चिप्लेर ग्राउन्डभन्दा केही बाहिर विमान गएको खबर प्राप्त भएको झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले बताए।

काठमाडौंबाट भद्रपुरका लागि उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको र यात्रु तथा चालक दलका सदस्य सकुसल रहेको बताइएको छ।

जहाजमा क्षति पुगे पनि यात्रु र चालक दलमा सदस्यमा चोटपटक नलागेको विमानस्थल प्रशासनले जनाएको छ। विमानमा ५१ यात्रु सवार दिए। घटना ८ बजेर २० मिनेटमा भएको हो।

खराब मौसमका कारण जहाज चिप्लिएको हुन सक्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *