कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन: मुख्यमन्त्री कार्की

डिसी नेपाल
९ चैत २०८० २२:०६
20
Shares

बेलबारी। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन्।

नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन्। ‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले उहाँको नै भावनाअनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु’, उनले भने, ‘त्यसैले पूर्वमुख्यमन्त्रीले दिनुभएकै मन्त्रअनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु।’

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन्। ‘संविधानअनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन’, उनले भने, ‘त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *