आयरल्याण्ड ‘ए’द्वारा नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत

डिसी नेपाल
२३ चैत २०८० १३:०८
8
Shares

काठमाडौं। दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो।

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले। उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए। कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए। साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन-तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’सँग नेपाल २१ रनले पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *