एमाले बारा अधिवेशन: अध्यक्षमा अध्यानन्द पाण्डे विजयी

डिसी नेपाल
२५ चैत २०८० ९:५२

बारा। प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिब अध्यानन्द पाण्डे नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो ।

दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् जसमा अध्यक्ष बाहेक सम्पुर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।

उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि २३ गते शुक्रबार रातिभरी मतदान भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *