जनमतका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटना
काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ।
हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको बताइएको छ। उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन।
प्रतिक्रिया
Facebook Comment