भ्रष्टाचार न्यूनिकरणको उपाय के छ ?

कृष्ण बोहोरा
२ वैशाख २०८१ ७:३८

आजकल भ्रष्टाचारको बिरुद्धमा देश जुरुक्क उठेको जस्तो भान हुन्छ। सामाजिक संजाल तातिएका छन्। हाम्रा मिडियाहरु सबै उस्तै गरी प्राथमिकताकासाथ यस्ता समाचार छाप्ने गर्दछन्। सर्बसाधारण जनता प्नि भ्रष्टाचारको बिरुद्धमा देखिन्छन्।

तर चुनाव आउने बित्तिकै जसलाई बिरोध गरेको हो उसैलाई भोट चाहिँ नतमस्तक भएर दिने चलन छ। यसको कारण के हो त? कारण स्पष्ट छ, देश भ्रष्टाचारमय भएको छ। स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म सरकारी निकायहरु भ्रष्टाचारको दल दलमा फसेका छन्।

कुनै कुनै अपवाद होलान् त्यो बेग्लै कुरा हो। परिस्थिति यस्तो छ। बचेखुचेको इमान्दार मानिसलाई पनि भ्रष्टाचार गरौं गरौं लाग्ने वातावरण छ। किनकी इमान्दार मानिसको यहाँ कुनै नाम र इज्जत पनि छैन।

एकजना भ्रष्ट खरदारले एक दुई वटा राम्रो घर शहरमा बनाइसक्दा इमान्दार अर्का अधिकृतले एउटा घडेरी जोड्न सकेको हुँदैन। एउटा चप्पलको फित्ता गास्दै राजनीतिमा आंएको एउटा नेताले आलिसान बंंंंगला बनाइसक्दा अर्का इमान्दार नेताको धोती टोपी नै हराइसकेको हुन्छ।

बेइमानहरुको राज चलेकाले इमाान्दारको शाख गिरेको अवस्था छ। भ्रष्टाचार गर्नु खराव हो। यो सामाजिक अपराध हो, भन्ने जान्दा जान्दै पनि चुनाव आएपछि जसले पैसाको छेलोखेलो गर्न सक्छ भोट पनि उसैलाई दिइन्छ।

भ्रष्टाचारजन्य कृयाकलापका लागि अड्डाअदालत देखि पुलिस प्रशासनसम्म, स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म, राजनीतिक व्यक्तिदेखि अख्तियारसम्मको अघोषित गठजोड छ।

यसैले कसैसँंग कसैले डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको छ। यसवाट राजनीतिक सामाजिक र आर्थिक वातावरणलाई विकृतिमय बनाउन ठूलो भूमिका खेलेको छ।

भ्रष्टाचार र बिकृति बिरुद्ध उफ्रीउफ्री बिरोध गर्ने तिनै मानिसहरु पदमा पुगेपछि आफैं भ्रष्टाचारमा लिप्त भएको देखिन्छन्। यसबाट के बुझिन्छ भने भष्टाचारको बिरोध गर्नु भनेको सत्ता र पद प्राप्तिको लागि हो।

यसैले सर्बसाधारण जनताले त्यस्ता नेतालाई पत्याउन पनि छोडिसकेका छन्। ती जतिसुकै ठूलो क्रान्ति गरेर आएको किन नहोस्। जतिसुकै जेल बसेर आएको किन नहोस्। नेताहरुको शाख गिरेको छ।

पृथ्वीनारायण शाहले भष्टाचारले देशको अवस्था कस्तो बन्छ? राम्रो अनुभव गरेको बुझिन्छ। आफ्नो समयमा भ्रष्टाचारले देशमा ल्याउने दूरावस्तालाई चिनेर नै “घुस लिन्या र दिन्या दुवै अपराधी हुन्” भन्ने उक्ति दुनियाँलाई सुनाएर जानुभएको थियो।

यसलाई हाम्रा राजनीतिज्ञले वेवास्ता गरेको देखिन्छ। सबैलाई समानताको सिद्धान्तमा हिँडाउन खडा भएका कम्युनिष्ट पार्टीहरुले समेत यसलाई अनुसरण गरेको पाइँदैन। सामन्ती राजाको कुरा किन मान्नु? भनेर होला सायद। खादा माला लाउने र सोख सयलमय जीवनकालागि भने राजालाई उछिनेको समेत दृष्य देखिएको छ।

हामीले देखेको र मनन गरेको तथ्य यो हो कि संसारमा जे जति नराम्रा कामहरु भएका छन्, त्यो राम्रा कुराको आवरणमा भएका छन्। यस सवालमा हाम्रो देशको अवस्थालाई हेर्ने हो भने कम्युनिष्टहरुले पूँजीवादी पार्टीहरुलाई पनि उछिन्न खोजिरहेका छन्।

भ्रष्टाचारजन्य कृयाकलापका लागि अड्डाअदालत देखि पुलिस प्रशासनसम्म, स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म, राजनीतिक व्यक्तिदेखि अख्तियारसम्मको अघोषित गठजोड छ।

यसमा पनि कहिँ कतै अपवादलाई भने थाती राखौं। आरोप लगाई हाल्नु अन्याय हुन सक्छ। नयाँ आउने पार्टीले के गर्लान् व्यबहारको कसीमा पर्खेर हेर्नुपर्नेछ। अहिले बिरोध गरिहाल्ने हतार नगरु भन्ने लागेको छ। नकारात्मकताको गन्ध आयो भनि बिरोध भने हुन लागिसकेको छ।

यसबाट के बुझिन्छ भने राम्रो आवरणमा नराम्रो काम गर्न सजिलो बाटो रहेछ। कोही राम्रो गर्छु भन्दा भन्दै नराम्रोको दलदलमा फसेका पनि छन्। मनैदेखि राम्रो गर्छु भनेर लागेका पनि परिवेश र वातावरणका कारणले आफैं बदलियर नराम्रोमा परिणत भएका छन्।

कोही जानी जानी निजी स्वार्थसिद्ध गर्न राम्रा राम्रा कुरा गर्दै राजनीतिमा छिरेका छन्। निश्चित पद र ठाउँमा पुगेपछि आफ्नो स्वार्थ सिद्ध गरेका छन्। यस्ता असंंख्य उदाहरणहरु छन्। त्यो स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म छ।

हाम्रा पार्टीको कार्यकर्ता भर्ना गर्ने र चुनावी टिकट दिने मापदण्ड पनि उस्तै छ। जो यस प्रकार छ :

– जोसँग पैसाको चलखेल गर्न सक्ने खुवी छ।

– जोसँग कुराले धेरै मानिसलाई प्रभाव पार्ने कला छ।

– जो भाषण कलामा निपूर्ण छ।

-जो चाकडी चाप्लुसी गर्न माहिर छ। आदि

यसमध्य दुईवटा बुँदा त नेतृत्वको लागि आवस्यक गुणहरु नै हो। दुई र तीन नंं बुँदाको आवश्यकता नकार्न सकिन्न। अर्को अति आवस्यकीय एउटा बुँदा छ। त्यो हो सामान्य आर्थिक व्यवहारमा को कतिसम्म लोभी छ? यसको परिक्षण गरेको पाइँदैन।

हुन त माथिको मापदण्ड औपचारिक हैन। व्यबहारमा देखियको तथ्य हो यो। यही तथ्यको कारणले संसदमा काण्डैकाण्ड लागेका नेताहरुको गर्जन ठूलो छ। उनीहरु नै एक हिसावले प्रभावकारी देखिन्छन्। घडी काण्ड, बाख्रा काण्ड र सून काण्डको वारेमा तपाईंहरुलाई थाहै होला।

संसदमा के के भइरहेछ नियालेर सबैले हेर्नु भएकै छ। हाम्रो जस्तो बिकासोन्मुख देशको समस्या हो यो। हाम्रा मिसन चौरासी भनि कुर्लने पार्टीहरुले नेता र कार्यकर्तामा हुनुपर्ने गुणहरु र भर्ती गर्दा अपनाउनुपर्ने मापदण्डलाई इमान्दारीपूर्वक सच्याउनु आवस्यक छ। बनाइएको मापदण्ड अनुसार सबै जनाले आफुलाई सच्याउनु जरुरी छ।

के हाम्रा पार्टीका हेडक्वाटरहरुले आफूलाई सच्याउन अनुशासनका नियमहरु बनाउन र पालना गर्न दुःख कष्टहरु गर्लान्? यो त कसैले पनि पत्याउँदैन। तैपनि कम्यूनिष्ट पार्टी भनि नामकरण भएको पार्टीहरुले यति नगर्ने हो भने कसरी कम्युनिष्ट पार्टी भए त?

खोइ माक्र्सवादी शैली र माओकालीन अनुशासनका नियम? त्यो त समय क्रममा नियमहरु बदलियो पनि भन्न सकिएला। तर त्यसको ठाउँमा त्यो भन्दा पनि राम्रो अझ आधुनिक र बैज्ञानिक नीति नियमहरु आफैं पनि बनाउन पक्कै सक्नुहुन्छ।

तर त्यतापट्टी हाम्रा नेताहरुको ध्यान जाने देखिँदैन। बरु कसरी भ्रष्टाचारलाई मलजल गर्न सकिन्छ? त्यतापट्टी राम्रो ध्यान गएको पाइन्छ। यदि कम्युनिष्ट अनुशासन र सादगीका कुरा छोडदिने हो भने पनि राम्रा नीति नियम र थिती भएका पूजिवादी मूलुकहरुको अनुसरण गरौं न त?

पश्चिम युरोपको उत्तरी क्षेत्रमा अवस्थित नार्डिक देशहरुलाई हेरौं। डेनमार्क, नर्वे, स्विडेन, फिनल्याण्ड, न्यूजिल्याण्ड आदिबाट सिकौं। जहाँ भ्रष्टाचार गर्नुहुदैन भन्ने चेतना छ। संस्कार र संस्कृतिमै यो विकास भएको छ। बिदेशीको नक्कल गर्दा राम्रा कुराको चाहिँ गरौं न! त्यति पनि गर्न नसक्ने भए किन कम्युनिज्मको सिद्धान्तको रट लगाउने?

भ्रष्टाचारको बिरुद्धमा शून्य सहनशिलता अपनाउँ। यो पनि औपचारिक्तामा सबैले सहमती जनाएका नै छन्। संयुक्त राष्ट्र संघको भ्रष्टाचार बिरुद्धको महासन्धीमा नेपालले पनि १० डिसेम्बर २००३ मा हस्ताक्षर गरिसकेको छ।

पश्चिम युरोपको उत्तरी क्षेत्रमा अवस्थित नार्डिक देशहरुलाई हेरौं। डेनमार्क, नर्वे, स्विडेन, फिनल्याण्ड, न्यूजिल्याण्ड आदिबाट सिकौं। जहाँ भ्रष्टाचार गर्नुहुदैन भन्ने चेतना छ। संस्कार र संस्कृतिमै यो विकास भएको छ। बिदेशीको नक्कल गर्दा राम्रा कुराको चाहिँ गरौं न! त्यति पनि गर्न नसक्ने भए किन कम्युनिज्मको सिद्धान्तको रट लगाउने?

संयुक्त राष्ट्रसंघको पहिलो पल्ट हस्ताक्षर गरेको दिन ९ डिसेम्वरलाई भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको छ। नेपाल पनि यस अभियानमा औपचारिक रुपले भने जोडिएकै छ। तर व्यबहारमा डेग चलेको देखिँदैन।

यसै भएको कारणले सच्चिए ठाउँ छ नसच्चिए जता गए पनि हुन्छ, भनेजस्तै परिस्थितिले बाध्य बनाइसकेको छ। नसच्चिए स्वतन्त्रकै नाउँमा भएपनि देशभरी बिस्तारै नयाँ अनुहारहरु आउने सम्भावना देखिँदैछ। नेपालको पूर्व, मध्य र सुदूरपश्चिमवाट एउटा, एउटा झिल्कोले त्यो संकेत गरेको छ।

पार्टीहरुले आफ्नो अनुशासनका मापदण्ड असल बनाए सबै कुरा सुल्झिने थियो। यो पनि सम्भावना छैन। व्यबहारमा नसच्चिएसम्म कागजमा बनाएको नीतिनियम र कानुनको केही अर्थ हुनेछैन।

सबै भन्दा महत्वपूर्ण कुरा देशमा नीति नियम र कानूनहरु चुस्त दुरुस्त र व्यवहारमा लागू हुने खालका हुनुप¥यो। ढिलासुस्ती र भ्रष्टाचारलाई मलजल गर्ने खालको नीति नियम, कानुहरु तुरुन्त संंसदमा प्रस्ताव ल्याई सच्याउने काम गरिनु पर्‍यो।

नेपालमा बनेका मेसिनरी सामानहरु मोटर, मोटर साइकलको भन्सार तिरेको विल चाहिने कानुनी प्राबधानले गर्दा दर्ता हुन नसकेको गुनासो पनि बिगतमा सुनिएको हो। यस्ता प्रावधान र कानुहरुलाई तुरुन्त हटाउनु पनि आवश्यक छ।

घुस लिने कर्मचारी वा भ्रष्टाचार गर्ने जोसुकै भएपनि कार्यवाही हुने गरी अगाडि बढ्नु आवस्यक छ। हामीले सिंगाापुरको कथा ब्यथालाई पनि एकपटक अध्ययन गरौं न! त्यहाँ पनि पहिले भ्रष्टाचार ज्यादा हुन्थ्यो। त्यहाँ भ्रष्टाचार बिरुद्ध कानून निर्माण गरियो।

कानून लागू गर्ने प्रभावकारी निकायको स्थापना गरियो। कानून बमोजिम सजायको व्यबस्था भयो। अनि चुस्त दुरुस्त प्रशासनको माध्यमले कार्यान्वयन पक्ष प्रवल बनाइयो। यसैले अनुगमन मूल्यांकन र कार्यान्वयन पक्ष राम्रो नभएसम्म केही हुनेवाला छैन। पहिलो कुरा त देश बनाउने चिन्ता मनैदेखि हुनुपर्‍यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *