राप्रपाको काठमाडौं केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु
काठमाडौं। राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ।
बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए। आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो।
डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment