स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: जनार्दन शर्मा
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विनानै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन्।
उनले भनेका छन्-
सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका “डार्क फाईल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ। छानबिन विनानै कुनै संस्था / ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि?
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment