ओलीको अँगालोमा सुहाङ !
इलाम। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन्। इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन्।
इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन्। ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन्।

एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन्।
सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment