राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना
फाइल फाेटाे
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्।
वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ। टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment