पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एस

डिसी नेपाल
२४ वैशाख २०८१ १८:३८

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरु गलत रहेको भन्दै त्यस्ता भ्रमहरुमा नपर्न सवैलाई अनुरोध गरेको छ।

बैठकमा सबै सांसदहरुको उपस्थीति रहेको र पार्टी संसदीय दल एकतावद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए। पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरु नियोजित रहेको उनले बताए। बैठकमा सांसदहरुले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुन बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गरे। संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका बिषयहरु शसक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताए।

उनले अहिलेको अवस्थामा दलहरु विभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *