कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको रास्वपाको निष्कर्ष (भिडियो)

डिसी नेपाल
२५ वैशाख २०८१ १४:००

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सहप्रवक्ता मनीष झाले बिभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस बिषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा राखे । बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका बिषयमा छलफल भएको उनले जानकारी दिए।

बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताएका थिए। उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *