सत्तामै रहने नेकपा एसको निष्कर्ष

डिसी नेपाल
२५ वैशाख २०८१ १९:३१

काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले सरकारमा पार्टी सहभागीतालाई निरन्तरता दिने निर्णय गरेको हो। मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ। र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौँ। आज हामी सरकारमा छौँ। सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ,’ उनले भने।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसद्‌मा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ। बैठकमा नेताहरूले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *