जसपा नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने

डिसी नेपाल
२५ वैशाख २०८१ १९:४५
24
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ। बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए।

‘भोलि बुधबार पार्टीको बैठक बस्छ। बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ’, प्रवक्ता सुमनले भने।

उनका अनुसार बुधबार बिहान पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले जानकारी दिए।

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *