नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ: महासचिव पोखरेल

डिसी नेपाल
२५ वैशाख २०८१ २२:२९

फुङ्लिङ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आउँदो आर्थिक वर्षको नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने बताएका छन्।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘आउँदो नीति तथा बजेटबाट देशलाई नयाँ दिशामा लैजान्छौँ। विकास तथा समृद्धिको दिशामा देश अगाडि बढ्न नसकेकाले नयाँ गठबन्धनको आवश्यकताको आधारमा सरकार बनेको हो।’

देशको विकास तथा समृद्धिको पक्षमा एमाले रहेकाले कतिपय महत्वपूर्ण मन्त्रालय अरुलाई दिएको उनको भनाइ थियो। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकार पूरा समय अवधिसम्म रहने र नयाँ सत्ता समीकरण दलहरुको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए।

नयाँ गठबन्धनको साझा नीति तथा कार्यक्रम आउँदो बजेट तथा नीति कार्यक्रममार्फत आउने उनले जानकारी दिए। धेरै कमजोर राजनीतिक दलहरु भएमा देश विकासको दिशामा जान नसक्ने भएकाले अब बलियो राजनीतिक दल हुन आवश्यक परेकाले नेकपा एमाले त्यसतर्फ लागेको पोखरेले स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *