एकीकृत समाजवादीले तत्काल सरकार छोड्ने सम्भावना छैन- उपाध्यक्ष पाण्डे
काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले तत्काल सरकार नछोड्ने बताएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेटको विषयमा ध्यानाकर्षण गराएर बाहिरिने क्रममा प्रतिक्रिया दिदै एकीकृत समाजवादीले तत्काल सरकार नछोड्ने बताएका हुन्।
उनले भने, ‘तत्काल हामीले सरकार छाड्ने सम्भावना छैन। एउटा घरको छानाबाट अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो। त्यसैले अहिले तत्काल सम्भावना छैन।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment