कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

डिसी नेपाल
२८ वैशाख २०८१ १८:२७
24
Shares

काठमाडौं। प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ।

पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो। सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गरेका थिए। यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पुर्‍याएका थिए।

सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगितको घोषणा गरे। सभाको अर्को बैठक आगामी जेठ १ गते मंगलबार साँझ ६ बजेका लागि तोकिएको छ। जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *