राष्ट्रपतिको मृत्यु भएपछि अब इरानको शासन कसरी चल्छ ?

डिसी नेपाल
७ जेठ २०८१ १६:००
188
Shares

काठमाडौं । इरानको संविधानमा राष्ट्रपतिको मृत्यु भएमा कमाण्ड कसले लिने भन्ने व्यवस्था छ ।

इरानको संविधानको धारा १३१ अनुसार राष्ट्रपतिको मृत्यु भएमा वा पद छाड्ने अवस्थामा निर्वाचन नभएसम्म उपराष्ट्रपति राष्ट्रपति बन्ने व्यवस्था छ ।

इब्राहिम रायसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् । मोहम्मद मोख्बर बढीमा ५० दिन मात्रै देशको राष्ट्रपति बन्न सक्नेछन् ।

संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ। तर, यो इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीको स्वीकृतिमा भर पर्छ।

इब्राहिम राइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ ।

पछिल्लो निर्वाचनमा इब्राहिम राईसीले खासै चुनौती सामना गर्नु परेन र ३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए ।

इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.