कार्यदलको बैठकः कार्यादेशमा जुट्यो सहमति, गृहमन्त्रीको नाम समावेश गर्न रास्वपा तयार

डिसी नेपाल
८ जेठ २०८१ ११:०८

काठमाडौं। सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठकमा सहमति जुटेको छ।

आज सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठकले रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै राखेर कार्यादेश बनाउ सहमति जुटाउने प्रयत्न भइरहेको स्रोतले जनाएको छ।

बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो नाम समावेश गरेर कार्यादेश बनाउन संदेश पठाए पछि उनको नाम राखेरै कार्यादेश बनाउने गरि सहमतिको नजिक पुगेको स्रोतको दाबी छ।

यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको थिएन। कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको थियो।

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *