नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित

डिसी नेपाल
८ जेठ २०८१ १४:२५
40
Shares

काठमाडौं। राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट धन्यवाद प्रस्ताव पारित गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए। मंगलबारको राष्ट्रियसभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच धन्यवाद प्रस्ताव पारित भएको हो।

कांग्रेसको विरोधका बीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको जानकारी दिए। राष्ट्रियसभाको अर्को बैठक ११ जेठ दिउँसो सवा १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ।

यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकले पनि कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउकाबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *