प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरणः कसको कति ?

डिसी नेपाल
८ जेठ २०८१ २१:४५

काठमाडौं। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन्।

यस्तै सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठसँग ४३ तोला सुन रहेको छ। त्यस्तै साढे एक किलो चाँदी रहेको छ। जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छन्। जनकपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ। ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धनुषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा(४ कट्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका–९ नम्बर वडामा ३ कट्ठा ११ धुर जग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।

रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग नगद दुई करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रकम काठमाडौँ ललितपुरको साबिक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ। सात थान औँठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यो सबै पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।

मन्त्रीहरूकाे सम्पति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *