कूटनीतिक अधिकारीहरूसँग छलफल

डिसी नेपाल
९ जेठ २०८१ ७:११
36
Shares

काठमाडौं। कन्सुलर सेवा विभागले एसियाली विकास बैंक, संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ।

मंगलबार भएको छलफलमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले कन्सुलर सेवालाई सहज रूपमा प्रवाह गर्न विभागले थालेका नयाँ कदमबारे जानकारी दिएका थिए।

उनले कन्सुलरसम्बन्धी सेवाग्राहीलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गरेका सुधार तथा नयाँ व्यवस्थाबारे विस्तृत रूपमा जानकारी दिएका थिए।

छलफलमा संयुक्त राष्ट्रसंघलगायत ती कूटनीतिक नियोगका ६० जनाभन्दा बढीको उपस्थिति थियो। सहभागीहरुले कन्सुलर सेवा प्रवाहका निम्ति आफूहरुलाई समयमै अवगत गराएकामा विभागप्रति कृतज्ञता व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *