कोशी प्रदेश सभाको बैठक बस्दै

डिसी नेपाल
१४ जेठ २०८१ ९:३०

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने कार्यसूची रहेको छ ।

विधेयकको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले संसदमा सिद्धान्त र प्राथमिकता पेश गरेका थिए । आजको बैठकमा पनि नेपाली कांग्रेसका सांसदले बैठक बहिस्कार गर्ने बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *