सन्दकपुरमा मौसम उघ्रिएपछि रमणीय दृश्यावलोकन (तस्बिर)

डिसी नेपाल
२९ असोज २०८३ १०:३९

इलाम। सूर्योदय र सूर्यास्तका साथै कञ्चनजङ्घा, मकालु लगायतका हिमशृङ्खलाहरु नजिकैबाट नियाल्न सकिने सन्दकपुर क्षेत्र इलामकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । यहाँबाट छिमेकी मुलुक भारतका विभिन्न शहरहरुकाे दृश्यावलोकन समेत गर्न सकिन्छ ।

सन्दकपुर गाउँपालिकाका अनुसार माैसम खुलेकाले आन्तरिक तथा बाह्य पर्यटककाे चहलपहल बढ्न थालेको छ । माैसम सफा हुँदा सन्दकपुरसम्म पुग्ने कच्ची सडकमा यात्रा सहज हुने भएकाले घुमफिरका लागि उपयुक्त समय भएको स्थानीय पर्यटन व्यवसायीहरुकाे भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *