माछापुच्छ्रे बैंकको २८औं वार्षिक साधारण सभा : रोशन के.सी. पुनः अध्यक्ष, ६ प्रतिशत लाभांश पारित

डिसी नेपाल
२९ असोज २०८३ १०:२७

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूका तर्फबाट रोशन के.सी., मुकुन्द महत र कृति महतो तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विश्व प्रकाश गौतमलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।

सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकले रोशन के.सी.लाई पुनः आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उक्त वर्षको खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। पारित लाभांशमध्ये ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर रहेको छ।

बोनस सेयर वितरणपश्चात् बैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड र अग्राधिकार सेयरसहित कुल चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ।

बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो। साधारण सभामा बैंकका संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *