आयो रेमिटको ग्लोबल ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

डिसी नेपाल
२९ असोज २०८३ १०:००
8
Shares

काठमाडौं। युके, अस्ट्रेलिया र क्यानडामा सेवा प्रदान गर्दै आएको नेपाली स्वामित्वको अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी ‘आयो रेमिट’ (AYORemit) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

कम्पनीले छिट्टै युरोपमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।

नेपाली मूलका बेलायती व्यवसायी कमल भण्डारी अध्यक्ष रहेको आयो रेमिटले आयोजित हस्ताक्षर कार्यक्रममार्फत खड्कासँगको सहकार्य औपचारिक रूपमा अघि बढाएको हो।

प्रवासी नेपाली तथा दक्षिण एसियाली समुदायलाई लक्षित गरी स्थापित यस कम्पनीले छिटो, सुरक्षित, सुलभ र भरपर्दो अन्तर्राष्ट्रिय रकम ट्रान्सफर सेवा प्रदान गर्दै आएको छ।

नेपाली खेलकुद क्षेत्रका प्रेरणादायी व्यक्तित्व पारस खड्काको नेतृत्व कौशल, लगनशीलता र अतुलनीय योगदानलाई कदर गर्दै गरिएको यो नियुक्तिले विश्वभर छरिएका नेपाली समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने र कम्पनीप्रतिको विश्वासलाई सुदृढ गर्ने अपेक्षा राखिएको छ।

यस सहकार्यमार्फत सुरक्षित एवम् कानुनी माध्यमबाट वैधानिक च्यानल प्रयोग गरी स्वदेशमा पैसा पठाउनुको महत्त्वबारे जनचेतना जगाउने लक्ष्य लिइएको छ।

आफ्नै अत्याधुनिक डिजिटल प्रविधि, प्रतिस्पर्धी विनिमय दर र न्यूनतम ट्रान्सफर शुल्कका साथ आयो रेमिटले एक अग्रणी नेपाली-संस्थापित अन्तर्राष्ट्रिय फिनटेक ब्रान्डका रूपमा आफूलाई स्थापित गराउँदै लगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *