कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ

डिसी नेपाल
१६ जेठ २०८१ ९:४८

कोशी। कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज ताकिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

मुख्यमन्त्री केदार कार्कीलाई पदबाट हटाउँदै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

रिटमा कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *