एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

डिसी नेपाल
२५ जेठ २०८१ १९:४७
20
Shares

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताएका छन्।

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गरे। ‘यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो। अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि एमाले बजेटलाई समर्थन र कार्यान्वयन गरेर जाने पक्षमा रहेको स्पष्ट पारे।

फरक प्रसंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे नेपालको संविधान, पार्टीको विधान, अन्तर्राष्ट्रिय अभ्यास, सम्बन्धित पार्टीका आम कार्यकर्ताको बुझाइ तथा सम्बन्धित व्यक्तिको रुची के छ भन्ने आधारमा हेर्नुपर्ने बताए। संविधान र पार्टीको विधानले उहाँलाई राजनीतिक गतिविधिमा लाग्न बाटो नछेकेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यो पूर्वराष्ट्रपति भण्डारीको निर्णय र इच्छामा भर पर्ने कुरा हो भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *