ओलीले फेरि भने-रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो

डिसी नेपाल
२५ जेठ २०८१ २०:३०
72
Shares

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोर्‍याएका छन्।

एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्।

उनले भने- ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो। शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन्।’

यस अघि ओलीले २०७औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो।

रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिँदै आएको भए पनि ओलीले भने माडीमा भएको दाबी गर्दै आएका छन् । माडीमा मन्दिर बनाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *