पार्टी अध्यक्षमा मेरो दाबी कायमै छः झलनाथ खनाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्षको रुपमा आफ्नो दाबी कायमै रहेको बताएका छन्।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा अध्यक्षको दाबेदारी छाड्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो दाबी कायमै रहेको बताएका हुन्। उनले सहमतिका साथ नेतृत्व चयनका लागि आफुले पार्टीका नेताहरुसँग छलफल गरिरहेको जिकिर गरे। पार्टी नेतृत्वका लागि आफ्नो नाममा सहमति नहुने कुनै कारण नरहेको उनले बताए।
नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयमा विभिन्न नेताहरुको नाममा चर्चा हुदै आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment